क्यानडा–११ ले जित्यो नेपाल ए सँगको एकदिवसीय सिरिज

फाल्गुन १०, २०८० | काठमाडौं

क्यानडा–११ ले नेपाल ए विरुद्धको तीन खेलको एकदिवसीय सिरिज २–१ ले जितेको छ । तेस्रो तथा अन्तिम खेलमा आज क्यानडाको टोलीले घरेलु टोली नेपाललाई ४ विकेटले पराजित ग¥यो ।

नेपालले प्रस्तुत गरेको १ सय ८२ रनको लक्ष्य क्यानडाले ३९ ओभरमा ६ विकेट गुमाउँदै पूरा ग¥यो । क्यानडाको जितमा निकोलस किर्तनले ५८ रनको अर्धशतकिय इनिङ्स खेले ।

सो क्रममा नेपालका साहब आलमले ४ तथा शेर मल्ल र बसिर अहमदले १÷१ विकेट लिए । त्यसअघि क्यानडाले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४७ ओभरमा अलआउट हुँदै १ सय ८१ रन जोडेको थियो ।

नेपालका लागि अर्जुन कुमालले २७, आसुतोस घिरैयाले २८, बसिर अहमदले २५ तथा सुन्दिप जोराले २४ रन जोडे । क्यानडाले पहिलो खेल ४ विकेटले जित्दा, दोस्रो खेलमा नेपाल २ विकेटले विजयी भएको थियो ।

नेपाल क्रिकेट संघ क्यानले पहिलोपटक ‘ए’ टिमको घोषणा गरेर सिरिज खेलाएको हो । क्यानडाले यसअघि राष्ट्रिय टिमसँग ३ ओडीआई सिरिज खेलेको थियो । जसमा नेपालले सिरिज क्लिन स्विप गरेको थियो । 


प्रतिक्रिया