वाफ च्याम्पियनसिपमा नेपालले प्यालेस्टाइनसँग खेल्दै

फाल्गुन १२, २०८० | काठमाडौं

नेपालले वाफ वुमेन्स च्याम्पियनसिप फुटवलमा आज प्यालेस्टाइनको सामना गर्दैछ । समूह बीको विजेताका लागि नेपाल र प्यालेस्टाइनबीच प्रतिस्पर्धा हुन लागेको हो ।

साउदी अरेबियाको जेद्दामाहुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति पौने ११ बजे सुरु हुनेछ । आजको खेलको नतिजाले समूहको शीर्ष स्थानमा रहने टोलीको निश्चित गर्नेछ । नेपाल एक खेल अगावै वाफ वुमेन्स च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

समूह चरणको पहिलो खेलमा नेपालले सिरियालाई ४–१ गोलले हराएको थियो । आफ्नो दोस्रो खेलमा नेपालले इराकलाई ५–० गोल अन्तरले पराजित गरेको थियो ।योसँगै समूह ‘बी’बाट सेमिफाइनल पुग्ने दुबै टोलीको टुंगो लागेको छ ।प्यालेस्टाइन पनि लगातार दोस्रो जितसँगै अन्तिम चारमा पुगेको हो ।

पहिलो खेलमा प्यालेस्टाइनले इराकलाई ३–० गोल अन्तरले हराएको थियो । यससँगै दुबै टीमको समान छ अंक भएको छ । तर, गोल अन्तरको आधारमा नेपाल समूहको शीर्ष स्थानमा छ ।

प्रतियोगिताको अर्को समूहबाट तीन पटकको डिफेन्डिङ च्याम्पियन जोर्डन र लेवनान सेमिफाइनल पुगिसकेका छन् । दुबै टीमले लगातार दुई जित निकालेर अन्तिम चारमा स्थान सुरक्षित गरेका हुन् ।  


प्रतिक्रिया