प्रिमियर कपमा नेपाल समूह एमा

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन १३, २०८० | काठमाडौं

एसियाली क्रिकेट परिषद् एसीसीले आगामी अप्रिल तेस्रो साता ओमानमा एसीसी प्रिमियर कप क्रिकेटको समूह विभाजन सार्वजनिक गरेको छ । एसीसीले आज गरेको घोषणा अनुसार समूह ए मा नेपाल, हङकङ, मलेसिया, कतार र साउदी अरेयिबा छन् । त्यस्तै,समूह बी मा यूएई, ओमान, कुवेत, बहराइन र कम्बोडिया परेका छन् । 

दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्ने प्रावधान राखिएको एसीसीले जनाएको छ । अप्रिल १२ देखि २१ सम्म चल्नप्रतियोगितामा नेपालले पहिलो खेलमा मलेसिया, दोस्रो खेलमा कतार, तेस्रो खेलमाहङकङ र समूह चरणको अन्तिम खेलमा साउदी अरेबियासँग प्रतिस्पर्धा गर्नेछ । १० टोली सहभागी हुने प्रतियोगिता ट्वान्टी–ट्वान्टी फम्र्याटमा खेलाइनेछ । सो प्रतियोगिताको विजेताले एसिया कपमा स्थान सुरक्षित गर्नेछ । 


प्रतिक्रिया