उपाधि जित्ने नेपालको चाहना अधुरै

फाल्गुन १८, २०८० | काठमाडौं

वाफ वुमन्स च्याम्पियनसिप फुटबलको उपाधि जित्ने नेपालको सपना अधुरो बनेको छ । तीन पटकको डिफेन्डिङ च्याम्पियन जोर्डनसंग टाइब्रेकरमा पराजित भएसंगै अन्तर्राष्ट्रिय उपाधि जित्ने नेपालको सपना अधुरो बनेको हो । 

साउदी अरेबियाको जेद्दामा गएराती भएको फाइनलमा जोर्डनले नेपालाई टाइब्रेकरमा ५–३ गोलअन्तरले हराउदै उपाधि चुमेको हो । खेलको निर्धारित र अतिरिक्त समय २÷२ गोलको बराबरीमा टुंगिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको हो ।

टाइब्रेकरमा जोर्डनका सबै पाँच खेलाडीले गोल गरे । नेपालका लागि भने अमृता जैसी गोल गर्नबाट चुकिन् । उनको प्रहार जोर्डनको गोलरक्षक स्रेरिन आइसलबेले रोकेकी थिइन् । नेपालले अग्रता लिए पनि त्यसलाई कायम राख्न भने सकेन । 


प्रतिक्रिया