साफ यू–१६ महिला च्याम्पिनयसिपको उद्धघाटन खेलमा भारत विजयी

फाल्गुन १८, २०८० | काठमाडौं

भारतले साफ यू–१६ महिला च्याम्पियनसिप फुटबलमा विजयी सुरुवात गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको उद्धघाटन खेलमा भारतले भुटानलाई ७–० को फराकिलो गोलअन्तरले पराजित गरेको हो ।

भारतको जितमा अनुष्का कुमारीले ह्याट्रिक गरिन् । यस्तै, पर्ल फर्नान्डेजले २ तथा कप्तान श्वेता रानी अन्विता र घुरमनले समान एक÷एक गोल गरे । भारतले जितसँगै तीन अंक जोडेको छ । 

भारतले अब आफ्नो दोस्रो खेल बंगलादेशविरुद्ध आगामी मंगलवार खेल्नेछ । 

प्रतियोगिता अन्तर्गतको दोस्रो खेलमा भोलि घरेलु टोली नेपालले बंगलादेशको सामना गर्नेछ । 

दक्षिण एसियाका चार टिम नेपालसहित भारत, भुटान र बंगलादेश सम्मिलित प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।


प्रतिक्रिया