टी–२० आई सिरिजमा नेपालको पहिलो जित

फाल्गुन १८, २०८० | काठमाडौं

नेपालले त्रिकोणात्मक टी–२० सिरिजमा पहिलो जित हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले नामिबियालाई ३ रनले पराजित गरेको हो ।

नेपालले प्रस्तुत गरेको १ सय ८१ रनको लक्ष्य पछ्याएको नामिबिया निर्धारित ओभरमा ७ विकेट विकेट गुमाउँदै १ सय ७७ रनमा समेटियो । नामिबियाका कप्तान जेजे स्मिथले ५० रनको अर्धशतकिय इनिङ्स खेले पनि त्यो जितका लागि पर्याप्त भएन । 

नेपालका करण केसी, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र अविनाश बोहराले समान ४÷४ विकेट लिए । यस्तै, प्रतिश जिसीले ३ तथा कप्तान रोहितकुमार पौडेलले १ विकेट लिए ।

त्यसअघि, नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ८० रन बनाएको थियो । नेपालका लागि कुशल मल्ल ५५ रनमा नटआउट रहे । यस्तै, आरिफ शेख ३१, गुल्सन झा २६ र अनिल शाह २३ रनमा आउट भए । 

नामिबियाका बेनशिकोंगोले ३ तथा ज्याक ब्रेसलले २ विकेट लिए । 

सिरिज अन्र्तगतका अघिल्ला खेलमा नेपाल नामिबियासँग २० रन तथा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो । 

जितसँगै नेपालले २ अंक जोडेको छ । नामिबियाको पनि समान २ अंक छ । नेदरल्यान्ड्स २ खेलबाट ४ अंक जोड्दै शीर्षस्थानमा छ । नेपालले अब भोली नेदरल्यान्ड्सविरुद्ध खेल्नेछ ।


प्रतिक्रिया