बहराइनविरुद्धको विश्वकप छनोटका लागि प्रारम्भिक टोली घोषणा

फाल्गुन १८, २०८० | काठमाडौं

अखिल नेपाल फुटबल संघले फिफा विश्वकप छनोटमा बहराइनविरुद्ध हुने खेलका लागि प्रारम्भिक टोलीको घोषणा गरेको छ ।

राष्ट्रिय फुटबल टोलीमा मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले सो खेलका लागि ३३ खेलाडी छनोट गरेका हुन् । 

छनोटका अघिल्ला खेलमा नेपाल यमनसँग २–० तथा संयुक्त अरब इमिरेट्स यूएईसँग ४–० गोलअन्तरले पराजित भएको थियो । 

एसियाली छनोटको समूह एच मा नेपालसँगै युएई, बहराइन र यमन रहेका छन् ।


प्रतिक्रिया