फ्रान्सेली क्लबमा साम्बाको डेब्यू गोल

फाल्गुन २०, २०८० | काठमाडौं

नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारीले फ्रान्सको शीर्ष डिभिजनमा डेब्यू गोल गरेकी छन् ।

फ्रेन्च महिला लिग डिभिजन वान फेमिनमा साम्बा आवद्ध टिम एभ एभान्टा ग्वेंगाम्पले लिललाई २–० गोलले पराजित गरेको छ । 

लिलको मैदानमा गएराति भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ५२ औं मिनेटमा एन्टोनी स्टारोभाले पेनाल्टीमा गोल गर्दै ग्वेंगाम्पलाई १–० को अग्रता दिलाइन् । ८६ औं मिनेटमा सब्सिच्युट खेलाडीका रूपमा मैदान प्रवेश गरेकी साम्बाले इन्जुरी समयमा गोल गरेपछि ग्वेंगाम्पले महत्वपूर्ण जित हात पार्यो ।

जितसँगै ग्वेंगाम्प १६ खेलबाट १५ अंकसहित तालिकाको नवौं स्थानमा उक्लिदै रेलिगेसनमा पर्नबाट बचेको छ । साम्बा साउदी अरेबियामा सम्पन्न पश्चिम एशिया फुटबल एसोसिएसन वाफ महिला च्याम्पियनसिप फुटबलको सर्वाधिक गोलकर्ता पनि हुन् । 


प्रतिक्रिया