त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेटको उपाधि नेदरल्याण्ड्सलाई

फाल्गुन २२, २०८०

काठमाडौंमा आयोजित त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेटको उपाधि नेदरल्याण्ड्सले जितेको छ । फाइनलमा नेपाललाई ४ विकेटले पराजित गर्दै डच टोलीले उपाधि जितेको हो । त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १ सय ८५ रनको लक्ष्य डच टोलीले ३ बल बाँकी छंदा ६ विकेट गुमाएर पुरा ग¥यो । मिचेल लेविटको अर्धशतकको मद्धतमा नेदरल्यान्ड्सले लक्ष्य पुरा गरेको हो । 

कुशल मल्लले चार विकेट लिएपनि नेपाललाई जिताउन सकेनन् । यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८४ रनको योगफल बनाएको थियो । नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ४७ रनको योगदान गरेका थिए । उनले ३७ बलमा १ चौका र ३ छक्का प्रहार गरे । गुलशन झाले २५ बलमा ३ छक्कासहित ३४ रनको योगदान दिएका थिए । 

कुशल भुर्तेलले १० बलमा १ चौका र २ छक्कासहित २० रन जोडेका थिए । २५ रन बनाएका रोहित पौडेल र आसिफ शेखले दोस्रो विकेटका लागि ५९ रनको साझेदारी गरेपछि नेपालले प्रतिस्पर्धात्मक योगफल बनाएको हो । १७ ओभरमा ४ विकेट गुमाएर १ सय ५८ रनकोे स्थितिमा नेपालले लगातार विकेट गुमाउँदा १८ दशमलव २ ओभरमा १ सय ६८ रन बनाउँदा ८ विकेट गुमाएको थियो । 


प्रतिक्रिया