नेपालले सिरिज २–० ले जित्यो

चैत्र १३, २०८०

नेपालले टेष्ट राष्ट्र आयरल्यान्डको ए टिमविरुद्धको दुई म्याच टी–ट्वान्टी सिरिज २–० ले जितेको छ । नेपालले आयरल्यान्डको राष्ट्रिय टिमका ९ खेलाडी सम्मिलित टोलीलाई सिरिजको दोस्रो तथा अन्तिम खेलमा ७१ रनले पराजित गरेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको १ सय ९९ रनको लक्ष्य पछ्याएको आयरल्यान्डको टोली १९ ओभरमा १ सय २७ रनमा अलआउट भयो । 

नेपालका लागि सोमपाल कामी र कुशल मल्लले समान ३–३ तथा करण केसी, कुशल भुर्तेल र विवेक यादवले एक÷एक विकेट हात पारे । त्यसअघि, टस जितेर ब्याटिङ गरेको घरेलु टोली नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १ सय ९८ रन बनाएको थियो । नेपालका लागि गुल्सन झाले सर्वाधिक ४६ रन जोडे । 

यस्तै, कुशल मल्ल ३४, कप्तान रोहित कुमार पौडेल ३३, कुशल भर्तेल २५, सन्दिप जोरा २१, अनिल शाह १२ र आशिफ शेख ११ रनमा आउट भए । विशाल यादव ७ रनमा नटआउट रहे । यसअघि, हिजो भएको पहिलो खेलमा नेपाल ६ विकेटले विजयी भएको थियो । पहिलो पटक नेपाल भ्रमणमा आएको आइरिस टोलीले भने नेपालमै नेपालको ए टिमसँग टी–२० र एकदिवसीय सिरिज समेत खेल्दैछ । 


प्रतिक्रिया