इटहरी गोल्डकपको सेमिफाइनलमा आर्मी र सगरमाथा भिड्दै

चैत्र १४, २०८० | इटहरी

इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल चरणको खेल आज सुरु हुँदैछ । पहिलो सेमिफाइनलमा विभागीय टोली त्रिभुवन आर्मीले साविक विजेता मोरङको सगरमाथा फुटबल क्लबको सामना गर्नेछ । 

सुनसरीको इटहरी रंगशालामा हुने आर्मी र सगरमाथाबीचको खेल साँझ ६ बजेपछि सुरु हुनेछ । आर्मीले झापाको बिर्तामोड युनाइटेड र सगरमाथाले विभागीय टोली एपीएफ क्लबलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो ।

यसअघि हिजो साँझ भएको खेलमा न्यूरोड टिम एनआरटीलाई पराजित गर्दै चर्च ब्वाइज युनाइटेडले अन्तिम चारमा स्थान सुरक्षित गरेको छ । 

चर्च ब्वाइजले अब भोलि हुने दोस्रो सेमिफाइनलमा आयोजक राष्ट्रिय जागृति क्लबको सामना गर्नेछ । प्रतियोगिताको फाइनल भने शनिबार हुनेछ ।


प्रतिक्रिया