सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि सद्भाव आचार्यलाई

चैत्र १५, २०८०

प्रोफेसनल गल्फर भुवन नगरकोटीलाई सात स्ट्रोकले हराउँदै एमेच्योर सदभाव आचार्यले सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जितेका छन् । 

प्रतियोगिताको अन्तिम दिन आज ३ अन्डर ६९ को स्कोर सहित समग्रमा १४ अन्डर २ सय ७४ सहित सदभावले उपाधि जितेका हुन् । 

योसँगै उनले तेस्रो पटक टुरको प्रो र एमेच्योर दुवैतर्फको उपाधि आफ्नो नाममा लेखाएका छन् । 

यो सिजनमा सद्भावको यो दोस्रो उपाधि हो । यसअघि उनले सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि जितेका थिए ।


प्रतिक्रिया