एकदिवसीय क्रिकेट सिरिजः दोस्रो खेलमा नेपाल 'ए' आयरल्याण्ड 'ए' सँग पराजित

चैत्र २३, २०८० | काठमाडौं

टेष्ट मान्यता प्राप्त राष्ट्र आयरल्याण्डको ए टिमले नेपाली टिमविरुद्धको तीन म्याचको एकदिवसीय क्रिकेट सिरिज जितेको छ ।

 दोस्रो खेलमा आज नेपाल एलाई १ सय १४ रनको फराकिलो अन्तरले पराजित गर्दै आयरल्याण्डको टोलीले सिरिजमा २–० को अग्रता लिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १ सय७५ रनको लक्ष्य पछ्याएको नेपाली टोली १६ ओभर ५ बलमा ६० रन जोड्दै अलआउट भयो । 

नेपालका भीम सार्कीले १७ र कप्तान विनोद भन्डारीले १६ रन जोडेका थिए । अन्य व्याटरको प्रदर्शन फितलो रह्यो । त्यसअघि आयरल्यान्ड ए ले ३८ ओभर ४ बलमा अलआउट हुँदै १ सय ७४ रन बनाएको थियो । आयरल्याण्डका लागि ग्याभिन होयले ५० रनको अर्धशतकीय इनिङ्स खेले ।

 नेपालका साहब आलम र रिजन ढकालले ३÷३ विकेट लिए । तीन खेलको सिरिज अन्तर्गतको पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको थियो । ओडीआई सिरिजको अन्तिम खेल पर्सि आइतबार हुनेछ ।


प्रतिक्रिया