लुम्बिनी अन्तर्राष्ट्रिय हाफ म्याराथनको उपाधि श्रेष्ठलाई

चैत्र २४, २०८० | तिलोत्तमा

लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथन अन्तर्गत महिलातर्फको हाफ म्याराथनको उपाधि सन्तोषी श्रेष्ठले जितेकी छन् । 

श्रेष्ठले निर्धारित २१ दशमलव १ किलोमिटरको दूरी १ घण्टा १८ मिनेट ४५ सेकेण्डमा पूरा गर्दै प्रथम भएकी हुन् । 

त्यस्तै, नेपाली सेनाकी पूर्ण राज्यलक्ष्मी न्यौपानेले निर्धारित दूरी १ घण्टा १९ मिनेट २१ सेकेण्डमा पार गर्दै दोस्रो भईन् । एपीएफकी पुष्पा भण्डारीले १ घण्टा २५ मिनेट १४ सेकेण्डमा दूरी पूरा गर्दै तेस्रो भईन् । 

विजेता श्रेष्ठले २ लाख, न्यौपनेले १ लाख ६० हजार तथा भण्डारीले १ लाख २० हजार रुपैयाँ नगद पुरस्कार सहित प्रमाणपत्र प्राप्त गरेका छन् ।


प्रतिक्रिया