नेपाल ‘ए’ सँगको एक दिवसीय क्रिकेट सिरिजमा आयरल्याण्ड ‘ए’ को क्लिन स्विप

चैत्र २५, २०८० | काठमाडौं

नेपाल भ्रमणमा रहेको आयरल्याण्ड ‘ए’ले तीन म्याचको एक दिवसीय क्रिकेट सिरिजमा क्लिन स्विप गरेको छ ।

तेस्रो तथा अन्तिम खेलमा नेपाल ‘ए’ लाई ६९ रनले पराजित गर्दै आयरल्याण्डले सिरिजमा क्लिन स्विप गरेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर व्याटिङ रोजेको आयरल्याण्डलको टोलीले दिएको २ सय ८५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ३९ दशमलव ४ ओभरमा अलआउट हुँदै २ सय १५ रनमा समेटिएको हो ।

नेपालका लागि १ सय १८ बलको सामना गरेका अर्जुन कुमालले १ सय २ रनको शतकिय इनिङ्स खले पनि अन्य ब्याटरले सन्तोजनक प्रदर्शन गर्न सकेनन् ।

यसअघि नेपाल पहिलो खेलमा २१ रन र दोस्रो खेलमा १ सय १४ रनले पराजित भएको थियो । त्यसअघि आयरल्याण्डले तीन खेलको टी–२० सिरिजमा समेत नेपाललाई २–१ ले हराएको थियो । 


प्रतिक्रिया