लिभरपुल र म्यानचेस्टर युनाइटेडबीच बराबरी
चैत्र २६, २०८० | काठमाडौं
इग्लिस प्रिमियर लिग फुटबलको पछिल्लो खेलमा लिभरपुल र म्यानचेस्टर युनाइटेडबीच बराबरी भएको छ ।
ओल्ड–ट्राफोर्ड स्टेडियममा भएको खेलमा घरेलु टोेली म्यानचेस्टर युनाइटेडसँग २–२ गोलको बराबरी खेलेपछि लिभरपुल ३१ खेलबाट ७१ अंक सहित तालिकाको दोस्रो स्थानमा छ ।
आर्सनल समान ३१ खेलबाट ७१ अंकसहित शीर्ष स्थानमा छ । समान अंक भएपनि गोल अन्तरका आधारमा आर्सनल शीर्ष स्थानमा रहेको हो ।
म्यानचेस्टर युनाइटेड भने ४९ अंकसहित छैटौं स्थानमा छ । लुइस डियाजले खेलको २३ औं मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।
म्यानचेस्टर युनाइटेडका ब्रुनो फर्नान्डिसले ५० औं मिनेटमा गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । कोबी माइनुले ६७ मिनेटमा गोल गर्दै म्यान युनाइटेडलाई २–१ गोलको अग्रता दिलाए ।
खेल सकिन ६ मिनेट बाँकी रहँदा लिभरपुलका मोहम्मद सलाहले गोल गर्दै टोलीलाई हारबाट बचाएका थिए ।
लिगकै अर्का खेलमा चेल्सी र शेफिल्ड युनाइटेडले २–२ गोलको बराबरी खेल्दा टोटनहामले नटिङ्घम फरेष्टलाई ३–१ गोल अन्तरले हराएको छ ।