टि–ट्वान्टी विश्वकपका लागि नेपालको नयाँ जर्सी सार्वजनिक

चैत्र २६, २०८० | काठमाडौं

नेपाल क्रिकेट संघ क्यानले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुने आइसिसी टि–ट्वान्टी विश्वकपका लागि नेपाली राष्ट्रिय टोलीको नयाँ जर्सी सार्वजनिक गरेको छ ।

क्यानले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमकाबीच युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले नयाँ जर्सी सार्वजनिक गरेका हुन् । सार्वजनिक गरिएको सो जर्सीमा निलो र रातो रङ प्रयोग गरिएको छ ।

यस्तै जर्सीमा दुवै काँध तर्फको भागमा नेपालको झण्डा र तल्लो भागमा सगरमाथाको तस्बिीर अङ्कीत गरिएको छ । जुन २ बाट सुरु हुने विश्वकपमा नेपालले समूह ‘डी’ मा रहँदै दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ ।

विश्वकपको पहिलो खेलमा नेपालले जुन ४ मा नेदरल्यान्ड्ससँग खेल्नेछ । त्यस्तै जुन ११ मा श्रीलङ्कासँग तथा जुन १४ मा दक्षिण अफ्रिकासँग र जुन १६ मा हुने बङ्गलादेशसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले १० वर्ष पछि टि–ट्वान्टी विश्वकप खेल्न लागेको हो ।  


प्रतिक्रिया