प्रिमियर कपका लागि नेपाली टोली घोषणा

चैत्र २७, २०८०

आगामी चैत्र ३० बाट ओमानमा हुने एसीसी प्रिमियर कपका लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको नाम सार्वजनिक गरिएको छ । नेपालको टिममा आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा रहेका छन् । 

यस्तै दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी र अभिनाश बोहरा टिममा परेका छन् । प्रिमियर कपमा नेपालको समूहमा नेपालसहित मलेसिया, हङकङ, साउदी अरेविया र कतार छन् । अर्को समूहमा यूएई, कुवेत, बहराइन, ओमान र कम्बोडिया रहेका छन् । प्रिमियर कपको विजेता हुने टोलीले एसियाकप खेल्ने पाउनेछ । प्रिमियर कपको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनले गर्ने भएको छ ।


प्रतिक्रिया