नेपाली धावक गोपीचन्द्र पार्की लन्डन म्याराथनमा सहभागी हुन बेलायतमा जाने

चैत्र २८, २०८० | काठमाडौं

नेपाली धावक गोपीचन्द्र पार्की लन्डन म्याराथनमा भाग लिन पर्सी शुक्रबार बेलायतमा जाने भएका छन् । 

केही महिनाअघि भएको नेपालगञ्ज म्याराथनको उपाधि जित्दै पार्की लन्डन म्याराथनका लागि छनोट भएका थिए । उनलाई आज राष्ट्रिय खेलकुद परिषदमा आयोजित कार्यक्रममा विदाइ गरिएको छ । 

धावक पार्कीलाई परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, नेपालगञ्ज म्याराथनका अध्यक्ष टीएस ठकुरीले विदाइ गरे । लन्डन म्याराथन वैशाख ९ गते हुँदैछ । 

राखेपले धावक कार्कीलाई हवाइ टिकटको व्यवस्था गरेको छ । नेपाल रन युकेको सहकार्यमा नेपालगञ्ज म्याराथनले विजेतालाई लन्डन म्याराथनमा सहभागिता निश्चित गरेको हो । गोपी लन्डन रहँदाको व्यवस्थापन नेपाल रन युकेले गर्नेछ ।


प्रतिक्रिया