भारोत्तोलन खेलाडी सागर भण्डारीको तीन नयाँ राष्ट्रिय कीर्तिमान

चैत्र २९, २०८० | काठमाडौं

भारोत्तोलन खेलाडी सागर भण्डारीले तीन वटा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

भण्डारीले आफ्नै कीर्तिमानमा सुधार गर्दै १ सय ९ केजीमाथि तौल समूहमा नयाँ कीर्तिमान बनाएको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।

थाइल्यान्डमा आयोजित आइ डब्लू एफ भारोत्तोलन विश्वकपमा स्नाचतर्फ १ सय ३४ केजी, क्लिन एन्ड जर्कमा १ सय ७२ केजी र समग्रमा ३ सय ६ केजी भार उचाल्दै उनले नयाँ कीर्तिमान बनाएका हुन् ।

यसअघि भण्डारीले गत असोजमा चीनमा भएको एसियाली खेलकुदमा स्नाचमा १ सय ३३ केजी तौल उचालेका थिए । 


प्रतिक्रिया