एसीसी प्रिमियर कपमा नेपालले कतारको सामना गर्दै

वैशाख १, २०८१ | काठमाडौं

एसीसी टी–२० प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले आज कतारको सामना गर्दैछ । ओमानको अल अमिरात क्रिकेट मैदान–‘ए’ मा हुने नेपाल र कतारबीचको खेल नेपाली समय अनुसार अपराह्न सवा चार बजे सुरु हुनेछ । 

नेपाल आज दोस्रो जितको लक्ष्यमा छ । यसअघि हिजो भएको आफ्नो पहिलो खेलमा नेपालले मलेसियालाई पाँच विकेटले हराएको थियो । 

मलेसियाले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको नेपालले चार बल बाँकी रहँदा पाँच विकेट गुमाएर जित दर्ता गरेको हो । मलेसियाले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा १ सय ४३ रन बनाएको थियो ।


प्रतिक्रिया