एसीसी पुरुष प्रिमियर कप क्रिकेटः नेपालले अपराजित रहँदै सेमिफाइनल खेल्ने
![](http://radio-assets-api.ekantipur.com/thumb.php?src=http://radio-assets-cdn.ekantipur.com/uploads/source/news/2024/sports/gulsaddip-1713359562.jpg&w=700&height=600)
वैशाख ५, २०८१ | काठमाडौं
ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेटमा नेपालले अपराजित रहँदै सेमिफाइनल खेल्ने भएको छ ।
नेपालले समूहचरणका चार वटै म्याच जितेको हो । अन्तिम खेलमा नेपालले आज साउदी अरेबियालाई ६ विकेटले पराजित ग¥यो । वर्षाका कारण प्रभावित भएपछि ८ ओभरमा छोट्याइएको खेलमा साउदीले दिएको ७४ रनको लक्ष्य नेपालले ४ बल बाँकी रहँदै ४ विकेटको क्षतिमा पूरा गरेको हो ।
समूह ए बाट नेपालसँगै हङकङ पनि सेमिफाइनलमा पुगेको छ । आज मलेसियालाई पराजित गरेपछि हङकङ सेमिफाइनलमा प्रवेश गरेको हो । सेमिफाइनल खेल पर्सी शुक्रबारबाट सुरु हुनेछ ।