ललितपुर मेयर्स कप महिला क्रिकेटः एपीएफ फाइनलमा

जेष्ठ ३, २०८१ | काठमाडौं
ललितपुर मेयर्स कप टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा एपीएफ क्लबले लगातार चौथो जित निकालेको छ । यसअघि नै फाइनल पुगेको एपीएफले आज भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई ३ विकेटले पराजित ग¥यो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम प्रदेशले दिएको १ सय १२ रनको लक्ष्य एपीएफले १९ दशमलव ४ ओभरमा ७ विकेटको क्षतिमा पूरा गरेको हो ।
शीर्ष स्थानका ब्याटर चल्न नसकेको खेलमा एपीएफको जितमा मध्यक्रममा मैदान प्रवेश गरेका ममता चौधरीले ३२, रोमा थापाले २३ तथा सरिता मगरले १९ रन बनाइन् ।
सुदूरपश्चिमका लागि लक्ष्मी साउदले २, कविता जोशी, जानकी थापा ऋितु कनौजिया, स्नेहा महरा र विन्दु रावलले समान १÷१ विकेट लिए । त्यसअघि सुदूरपश्चिम प्रदेशले ९ विकेट गुमाउँदै १ सय ११ रन बनाएको थियो ।
उसका लगि कप्तान बिन्दु रावलले सर्वाधिक ३६ रनको योगदान गरिन् । रुवि पोदार २९ रन बनाएर आउट भईन् भने कविता जोशीले नटआउट २९ रन जोडिन् ।
फाइनल पुग्ने अर्को टोलीको भने टुंगो लाग्न बाँकी छ ।