अस्ट्रेलियाले नामिबियालाई ९ विकेटले हरायो

जेष्ठ ३०, २०८१ | काठमाडौं
अस्ट्रेलियाले टी–२० विश्वकप क्रिकेटमा लगातार तेस्रो जित हात पारेको छ । वेस्ट इन्डिजको सर भिभियन रिचर्ड्स स्टेडियममा आज बिहान भएको समूह ‘बी’को खेलमा अस्ट्रेलियाले नामिबियालाई ९ विकेटले पराजित गरेको हो ।
यो जितपछि अस्ट्रेलिया तीन खेलबाट ६ अंकसहित समूहको शीर्ष स्थानमा रहेको छ । नामिबिया भने दुई अंकमै सीमित रह्यो ।
जितका लागि पाएको ७३ रनको सामान्य लक्ष्य अस्ट्रेलियाले ५ ओभर ४ बलमा एक विकेट गुमाएर पूरा गर्यो । उसका लागि ओपनर ट्रेभिस हेडले नटआउट ३४ रन बनाए । यस्तै, डेभिड वार्नरले २० र मिचेल मार्सले १८ रन बनाए ।
त्यसअघि पहिले ब्याटिङ गरेको नामिबियाले १७ ओभरमा सबै विकेट गुमाएर ७२ रन मात्रै बनाएको थियो ।
नामिबियालाई सस्तोमा समेट्न एडम जाम्पाले सर्वाधिक ४ विकेट लिए । जोश हेजलवुड र मार्कस स्टोइनसले समान २/२ विकेट लिए । यस्तै, प्याट कमिन्स र नाथन एलिसको नाममा एक÷एक विकेट रह्यो ।