रारामा हाइ–अल्ट्रिच्यूट गल्फ कोर्ट निर्माण हुने

जेष्ठ ३०, २०८१ | काठमाडौं

उत्कृष्ट पर्यटकीय गन्तव्य रारा क्षेत्रमा हाइ–अल्ट्रिच्यूट गल्फ कोर्ट निर्माण हुने भएको छ ।

गल्फ कोर्ट बनाउनका लागि ५४ लाख रुपैयाँ बजेट बिनियोजन गरिएको छ । सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चालु आर्थिक बर्ष २०८१÷०८२ का लागि राराको तल्लो मिलिचौरमा हाइअल्ट्रिच्यूट गल्फकोट निर्माण गर्न बजेट बिनियोजन गरेको हो ।

राराको दिगो विकाससँंगै लगानी भित्रयाउन र उच्च क्षेत्रमा खेल प्रवद्र्धन गर्ने उद्देश्यसहित हाइअल्ट्रिच्यूट गल्फ कोर्ट बनाउन लागिएको हाम्रा सहकर्मीले जनाएका छन् । समुद्री सतहदेखि २९ सय २९ मिटर उचाईमा रहेको रारा क्षेत्रमा पहिलो पटक खेल संरचना निर्माण गर्न लागिएको हो ।

रारामा गल्फ कोर्ट निर्माणले पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने रारा होल्डिङ प्रालिका अभिषेक बिक्रम शाहले बताउनुभयो । 


प्रतिक्रिया