पहिलो संस्करणको सहाना प्रधान स्मृति यू–१९ भलिबल आजबाट सुरु

असार ९, २०८१ | काठमाडौं

काठमाडौंमा आयोजित पहिलो संस्करणको सहाना प्रधान स्मृति यू–१९ भलिबलको पुरुषतर्फ बागमती प्रदेश र कोशी प्रदेशले विजयी सुरुवात गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कभर्डहलमा भएको उद्धघाटन खेलमा बाग्मतीले मधेस प्रदेशलाई ३–१ को सेटमा हरायो । मधेश प्रदेशले पहिलो सेट २५–२३ ले आफ्नो पक्षमा पारे पनि त्यसपछिका बाँकी सेट बाग्मतीले २५–१७, २५–२२ र २५–१७ ले जित्यो ।

अर्को खेलमा कोशीले लुम्बिनी प्रदेशमाथि पुनरागमन जित दर्ता ग¥यो । पहिलो र दोस्रो सेट २६–२४ र २५–२२ ले लुम्बिनीले जितेपनि, त्यसपछिका तीन सेट कोशीले २५–२३, २५–२० र १५–११ ले आफ्नो पक्षमा पार्न सफल भयो ।

महिलातर्फ बिहान भएको खेलमा लुम्बिनीले मधेश प्रदेशलाई ३–० को सोझो सेटमा हरायो । मधेशमाथि लुम्बिनीले २५–१४, २५–१२ र २५–१३ को सेटमा जित निकाल्न सफल भयो ।

सहाना प्रधान फाउन्डेसनको आयोजनामा भएको प्रतियोगितामा सातै प्रदेशका महिला तथा पुरुष गरी १४ वटा यू–१९ टिम सहभागी छन् ।

असार १५ गतेसम्म संचालन हुने प्रतियोगिताको दुबैतर्फका विजेताले ३ लाख, उपविजेताले २ लाख तथा तेस्रो हुनेले १ लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।


प्रतिक्रिया