मेलम्ची बाढीपिडित संघर्ष समिति दोस्रो पटक विरोध प्रर्दशनमा

आश्विन १९, २०८१ | काठमाडौं

मेलम्ची खानेपानी बाढीपिडित संघर्ष समितिले हेलम्बुमा दोस्रो चरणको विरोध प्रदर्शन गरेको छ । 

बाढी प्रभावितहरुसँग वार्ता असफल भएपछि सरकार र खानेपानी आयोजना विरुद्ध विभिन्न नारा सहितको ¥याली गर्दै संघर्ष समितिमा आवद्ध स्थानीयले विरोधका कार्यक्रम सुरु गरेका हुन् ।

 मेलम्ची आयोजना प्रभावित र बाढी पीडितहरुले नदी नियन्त्रणका लागी तटवन्ध निर्माण, जोखिममा रहेका बस्तीहरुको संरक्षण गर्नुपर्ने लगायतका माग राखेका छन् । 

बाढीबाट ज्यान गुमाएकाको परिवारलाई प्रति व्यक्ति १० लाख रुपैयाँ क्षतिपुर्ती दिइनुपर्ने, स्थानीय सरकार मार्फत खानेपानीको लेवी उपलब्ध गराइनुपर्ने तथा नयाँ घर निर्माणका लागि २० लाख अनुदान पाउनुपर्ने उनीहरुको माग छ । 

बाढी गएको ३ बर्ष बितिसक्दा पनि सरकारले बाढी पिडितको माग सम्बोधनमा कुनै चासो नदिएको भन्दै बाध्य भएर सडकमा उत्रिनुपरेको संघर्ष समितिका प्रचार प्रसार संयोजक विश्वराम गुरागाइले बताउनुभयो ।   


प्रतिक्रिया