बाढी–पहिरोले आक्रान्त काभ्रेको पनौती क्षेत्रमा पुग्दा (स्थलगत रिपोर्टिङ)

आश्विन १९, २०८१ | काठमाडौं

केही दिनअघिको अविरल वर्षाले मुुलुकका विभिन्न भू–भागमा ठूुलो जनधनको क्षति भएको छ । संघीय राजधानी काठमाडौँबाट ३२ किलोमिटर दुुरीमा रहेको पनौती नगरपालिका पनि बाढी पहिरोको चपेटामा प¥यो । वर्षातका कारण नगरभित्र रहेको पहाडी भू–भाग पहिरो तथा खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । बाढी पहिरोले कृषि तथा पशुुपालन, खानेपानी, विजुुली, सञ्चार पूर्वाधार, पर्यटन, धार्मिकस्थलहरुमा ठूलो क्षति गरेपछि नगरपालिकाको सम्पूर्ण ध्यान विपद्पछिको राहत र पुर्नस्थापनामा केन्द्रीत छ ।

बाढी पहिरोले निम्त्याएको विपत्तिपछिको केही दिनपछि काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नम्वर–८ मल्पीकी ४५ वर्षीया निर्मला गोलेले भनिन्–‘त्यसदिन हामी ११ बजेदेखि सुरक्षित स्थानमा बस्यौँ । छोरोछोरीलाई सुरक्षित स्थानमा राख्यौं, हेर्दाहेर्दै घर ढल्यो, घरमा भएको अन्नपात, लत्ताकपडा केही निनिकाली निस्केको हो । बाढीले घर लगेपछि कहिले आमाको त कहिले बहिनीको घरमा बस्दै आएका छौ । वडामा गएर तत्काल त्रिपाल जस्तापाता उपलब्ध गराइदिनुस्न भनेर आग्रह गर्दा अहिले तत्काल हुँदैन भन्नुभयो ।’

गत असोज १० गते रातको ११ बजेदेखि ९ जनाको परिवार सुरक्षित स्थानमा बसेपनि ज्याला मजदुुर गरेर बनाएको साढे २ तले पक्की घर आँखा अगाडि ढल्यो । वर्षभरि खान पुुग्ने धान, मकै, गहुँु, आलुु लगायत खाद्य सामग्री र लत्ताकपडा काम नलाग्ने भएपछि उनको परिवार बिलखबन्दमा परेका छन् । अस्थायी बसोबासका लागि त्रिपाल र जस्तापाता माग्दा स्थानीय सरकारले वितरण नगरेको उनको गुुनासो छ । सामान्य दैनिकीजस्तै बेलुकाको खाना खाएर सुुतेका सन्तलाल विश्वकर्माको परिवार राति एक्कासि आफ्नो कोठामा बाढी पसेपछि बालबच्चा च्यापेर ग्यारेजबाट नजिकैको जग्गामा त्रिपाल ओढेर बस्नुप¥यो ।

वर्षा नथामिएपछि उनीहरु लड्दै चिप्लदै मल्पीबाट सुरक्षित स्थानको खोजीमा पनौतीको चालिसे भन्ने स्थानमा पुुगे । त्यहाँ पुुगेपछि बल्ल उनले निर्धक्क भएर बसेपनि करिब पाँच वर्षदेखि गर्दै आएको टायर व्यवसाय खोलाले बगायो । ग्यारेजमा मेसिन, बाइकहरुको क्षति भएको सुनाउँदै उनले भने–‘हामी निन्द्रामा परिसकेका थियौँ । हाम्रो कोठामा बाढी आइसकेछ बालबच्चा बोकेर हिड्यौँ अरु केही गर्ने सक्ने अवस्था थिएन पानी भित्र छिरिसकेपछि । पालमा बस्यौँ पहिरोको जोखिम भएपछि ६ घण्टाको जोखिमपूर्ण यात्रापश्चात् भाइको डेरामा बस्यौँ । अहिलेसम्म यत्तिकै बसेका छौँ । टयाङ्की, टायर, गाडी धुने मेसिन, बाईक गरी १५ लाख रुपैयाँको क्षति भयो’

पनौती नगरपालिकाभित्र सबैभन्दा बढी प्रभावितमध्ये वडा नम्बर ८ पनि हो । वडामा हाल सम्म २५ वटा घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ भने २६ वटा घरहरु जोखिमपूर्ण छ । वडामा घर टहरा भत्केर बगाएर लगेको परिवारलाई श्याम फुलमाया फाउन्डेसनमार्फत् सुरक्षित स्थानमा घर भाडा लिएर राखेको सो वडाका अध्यक्ष बेदप्रसाद बन्जाराले बताए । नागरिकलाई सहयोग गर्न नगरको स्वीकृतिमा राहतका लागि एकद्वार प्रणाली लागू गरिएकोबारे अध्यक्ष बन्जाराले भने–‘अहिले पिडित परिवारहरु आफन्तकोमा आश्रय लिएर बस्नु भएको छ । सबै पीडित मेरो सम्पर्कमा हुनुहुन्छ । आर्थिक, खाद्यान्न, लत्ताकपडा सहयोग गर्न चहानुहुनेहरुलाई एकद्वार प्रणालीबाट वितरण गर्दा सजिलो हुन्छ भनेको छु । अहिलेसम्म मेरो वडामा कोही मान्छेहरु आएर कसैले पनि हस्तक्षेप गरेको छैन । ’

अर्का पीडित खड्गराम विश्वकर्माको भने अलग्गै गुुनासो छ । रोशीमा राजनीतिक र प्रशासनिक आडमा क्रसर तथा ढुुङ्गाखानी चलाउँदा यहाँका अधिकांश घरमा क्रसरले निकालेको माटोको लेदो सहित घरमा पसेको उनी बताउँछन् । पनौती नगरपालिका वडा न १२ रोशीका विश्वकर्मा क्रसर उद्योगले गर्दा आफुुले क्षति भोग्न बाध्य भएको बताउँछन्–‘ढुङ्गा खानीबाट निस्केको ढुङ्गा बेचेर अर्बो रुपैयाँ आर्जन गरे तर त्यहाँबाट निस्केको माटोले गर्दा धेरै क्षति भएको हो ।’ अविरल वर्षापछिको बाढी र पहिरोले सबैभन्दा बढी प्रभावित स्थानीय तह हो पनौती नगरपालिका ।

पछिल्लो तथ्याङ्क अनुसार नगरपालिकामा हालसम्म २० जनाको मृत्युु भएको छ भने २५ जना गम्भीर घाइते भएका छन् । २ हजारभन्दा बढी पशुुचौपाया मरेकाले व्यवस्थापनमा चुनौती छ । काभ्रे उपत्यका एकीकृत खानेपानीको मुख्य पाइपलाइन करिब ७ किलोमिटर बगाएको तथा नगरपालिकाको अन्य अधिकांश स्थानमा खानेपानीको मुहान र प्रशारण पाइपलाइनमा क्षती पुगेकाले खानेपानीमा ठूलो समस्या छ । नगरपालिकाभित्र ५ सयभन्दा बढी घर बगाउँदा सयौं व्यक्ति घरबारविहिन भएका छन् । रोशी करिडोरको ११ किलोमिटर सडक क्षति हुँदा सडक सम्पर्क बिच्छेद भई दैनिक जीवनमा अप्ठ्यारो भएको छ । तथ्याङ्क अनुसार ७ वटा पक्की पुल र १ झोलुङ्गे पुुल तथा २० वटा विद्यालयमा क्षति भएको छ । 

नगरपालिकाले खोजी उद्दार सँगसँगै अवरुद्ध सडक, सञ्चार एवम् विजुुलीको पुुनस्थापनामा जनप्रतिनिधि, स्वयंमसेवक र स्थानीयले सहकार्य गरिरहेको नगरप्रमुुख रामशरण भण्डारीले बताए । उनले भने–‘नजिकिएको चाडपर्वलाई लक्षित गरी पुनस्थापनाको लागि केन्द्रीत भएर काम गरिरहेका छौँ । पुनस्थापना कसरी गराउने, जसको सामान्य क्षति भएको छ त्यो क्षतिलाई क्षति नभई कसरी बनाउने, घरबास नभएकाहरुलाई कसरी राख्ने भनेर भन्नेमा पुगेका छौँ ।’ अहिलेको विषम परिस्थितिमा नगरपालिका एक्लैले संरचना पुर्नस्थापना गर्न असम्भव देखिएको छ । नगरपालिकाले समपुरक कोष, शसर्त अनुदान, विशेष अनुदान, गत वर्ष सुरु भएका कार्य र वहुवर्र्षीय योजना मात्र सञ्चालन गर्ने र यसवर्ष विनियोजित योजनाहरु हाललाई स्थगन गरी राहत र क्षति भएका क्षेत्रको पुर्ननिर्माणमा लाग्ने योजना बनाएको छ । प्रदेश सरकार, संघीय सरकार एवम् विभिन्न दातृनिकायको सहयोगमा पनौती नगरपालिकालाई पुुरानो रुपरेखामा फर्काउन अपरिहार्य छ ।  


प्रतिक्रिया