एन्फा महिला लिगः पहिलो चरणको अन्तिम खेलमा पुलिससँग संकटा पराजित

आश्विन १८, २०८१ | काठमाडौं

एन्फा महिला लिग फुटबल अन्तर्गत पहिलो चरणको अन्तिम खेलमा नेपाल पुलिस क्लबले संकटा फुटबल क्लबलाई पराजित गरेको छ । 

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा पुलिसले संकटामाथि २–१ गोलको जित निकालेको हो । 

पुलिसले खेलको तेस्रो मिनेटमा अनुष्का शेर्पाको गोलबाट अग्रता लियो । सातौं मिनेटमा समिक्षा घिमिरे पेनाल्टीमा गोल गर्न चुकिन । तर लगत्तै उनले गोल गर्दै पुलिसको अग्रता दोब्बर पारिन् । 

खेलको ७३ औं मिनेटमा संकटाकी सेलेना अनिमाले एक सान्त्वना गोल फर्काइन् । यससँगै महिला लिगको पहिलो चरणका खेल सकिएका छन् । अब दोस्रो चरणमा पाँच टोलीबीच सुपर लिग हुनेछ । 

सुपर लिगमा २५ अङ्कका साथ शीर्ष स्थानको नेपाल एपीएफ क्लब, २२ अङ्क जोडेको त्रिभुवन आर्मी क्लब, २१ अङ्क जोडेको नेपाल पुलिस क्लब, १५ अङ्क जोडेको वालिङ नगरपालिका र १४ अङ्क जोडेको कोशी प्रदेशबीच खेल हुनेछ ।


प्रतिक्रिया