एभरेस्ट महिला भलिबल लिगमा काठमाडौं स्पाइर्सको तेस्रो जित

आश्विन १७, २०८१ | काठमाडौं

काठमाडौं स्पाइकर्सले एभरेस्ट महिला भलिबल लिगमा तेस्रो जित हासिल गरेको छ ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आज भएको खेलमा काठमाडौंले मधेश युनाइटेडलाई ३–१ सेटमा पराजित ग¥यो ।

पहिलो सेट मधेशले २५–१५ ले जितपनि त्यसपछिका सेट काठमाडौंले २५–२३, २५–१५ र २५–१८ ले आफ्नो पक्षमा पा¥यो ।

यो जितसँगै ९ अंक जोडेको काठमाडौं शीर्ष स्थानमा उक्लिएको छ । अङ्कविहीन मधेश भने प्रतियोगिताबाट बाहिरिएको छ। 


प्रतिक्रिया