महिला एसिया कपमा नेपालले इण्डियाको सामना गर्दै

श्रावण ८, २०८१ | काठमाडौं

नेपालले एसीसी महिला एसिया कप क्रिकेटको समूह चरणको आफ्नो तेस्रो तथा अन्तिम खेलमा इण्डियाको सामना गर्दैछ । श्रीलंकाको रागिंरा दाम्बुला इन्टरनेसनल स्टेडियममा हुने नेपाल र इण्डियाबीचको खेल नेपाली समय अनुसार साँझ सवा ७ बजे सुरु हुनेछ । 

नेपाल इन्दु बर्मा र इण्डिया हरमनप्रीत कौरको कप्तानीमा मैदान उत्रदै छ । नेपालले यसअघि आफ्नो पहिलो खेलमा संयुक्त अरम इमिरेट्स यूएईलाई ६ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा भने पाकिस्तानसँग ९ विकेटले पराजित भएको थियो । 

तुलनात्मक रुपमा नेपालले जारी प्रतियोगितामा सुधारिएको ब्याटिङ गरिरहेको छ । तर, पाकिस्तानविरुद्धको खेलमा भने नेपालको बलिङ चल्न सकेन् । 

यता, इण्डिया भने अपराजित रहँदै सेमिफाइनल नजिक पुगिसकेको छ । इण्डियाले आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ७ विकेटले हराएको थियो । दोस्रो खेलमा इण्डियाले यूएईलाई ७८ रनले पराजित गरेको थियो ।

यसैबीच, आजै दिउँसो सवा दुई बजे पाकिस्तान र संयुक्त अरम इमिरेट्स यूएई भिड्ने छन् । इण्डिया चार अंकका साथ समूह तालिकाको शीर्ष स्थानमा छ । दुई अंक जोडेको पाकिस्तान दोस्रो स्थान र समान २ अंकका साथ नेपाल समूह ‘ए’को तेस्रो स्थानमा छ ।


प्रतिक्रिया