इसानले गर्यो आफ्नो वार्षिक क्यालेन्डर सार्वजनिक

श्रावण ८, २०८१ | काठमाडौं

ई–स्पोर्ट्स एसोसिएसन अफ नेपालले ७ वटा मुख्य प्रतियोगितालाई समेट्दै आफ्नो वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ ।

कर्णाली प्रदेशको सुर्खेतमा ई–स्पोर्ट्सको राष्ट्रिय प्रतियोगिता सम्पन्न गरिसकेको इसानले आफ्नो वार्षिक क्यालेन्डरमा कलेज च्याम्पियनसिपदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना र सहभागितालाई समावेश गरेको हो ।

१९ औं एसियन गेम्समा समावेश गरिएका पब्जी, एमएल, डोटा, अनर अफ किंग्स, इ–फुटबल लगायतलाई घरेलु प्रतियोगितामा प्राथमिकतामा राखिएको छ । 

आगामी भदौमा कलेज च्याम्पियनसिप, असोजमा बाग्मती ई–स्पोर्टस् च्याम्पियनसिप, मंसिरमा एसियन मार्टियल एआरटी एण्ड इन्डार गेम्स, माघमा दोस्रो राष्ट्रिय ई–स्पोर्टस् च्याम्पियनसिप, चैत्रमा ई–स्पोर्टस् अर्वाड कार्यक्रम गरिने भएको छ ।

त्यस्तै, चैत्र÷बैशाखमा एसियन ई–स्पोर्टस् च्याम्पियनसिप र आगामी जेठमा कोशी प्रदेश ई–स्पोर्टस् च्याम्पियनसिप आयोजना गर्ने इसानले जनाएको छ । 

नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार, विभिन्न नीजि तथा सरकारी संघ, संस्थाबाट स्रोत व्यवस्थापन गरेर वार्षिक क्यालेन्डरलाई कार्यान्वयन गरिने इसानका अध्यक्ष अञ्जन धमलाले जानकारी दिनुभयो । 


प्रतिक्रिया