बेन स्टोक्सले श्रीलंकाविरुद्धको तीन टेस्ट म्याचको शृंखला गुमाउने
श्रावण ३०, २०८१ | काठमाडौं
इंग्ल्याण्डका टेस्ट कप्तान बेन स्टोक्सले श्रीलंकाविरुद्धको तीन टेस्टको शृंखला गुमाउने भएका छन् ।
द हन्ड्रेडमा खेल्ने क्रममा चोट लागेपछि उनी बाँकी खेलबाट बाहिर भएका हुन् । स्टोक्सले उपकप्तान ओली पोपको साथमा आगामी २१ अगस्टबाट सुरु हुने श्रीलंकाविरुद्धको तीन टेस्टको शृंखला गुमाउने भएका हुन् ।
३३ वर्षीय स्टोक्स आइतबार ओल्ड ट्राफोर्डमा म्यानचेस्टर ओरिजिनल्स विरुद्ध नर्दन सुपरचार्जर्सका लागि ब्याटिङ गर्ने क्रममा घाइते भएका थिए । इङ्ल्यान्डले अगस्ट २१ देखि २५ सम्म एमिरेट्स ओल्ड ट्राफोर्डमा श्रीलंकासँगको पहिलो टेस्ट खेल्नेछ, त्यसपछि लर्ड्स र किया ओभलमा खेल हुनेछ ।
स्टोक्सले आगामी अक्टोबर ७ बाट सुरु हुने इङ्ल्यान्डको तीन टेष्टको पाकिस्तान भ्रमणको लागि समयमै फिट हुने लक्ष्य राखेको छ ।