एन्फा महिला लिगमा कोशी र पुलिस आमनेसामाने

भाद्र २६, २०८१ | काठमाडौं

एन्फा महिला लिग फुटबलको चौंथो चरणमा आज दुई खेल हुँदैछन् । पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले शीर्ष स्थानको कोशी प्रदेशको सामना गर्नेछ । 

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुने पुलिस र कोशीबीचको खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ । पुलिस आफ्नो अपराजित यात्रा कायम राख्ने लक्ष्यमा छ । 

यसअघिका तीन मध्ये दुईमा जित र एक खेलमा हार बेहोरेको पुलिस ७ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । कोशीले यसअघिका तीन खेलमा सतप्रतिशत जितबाट नौ अंक जोडेको छ । अंक तालिकाको शीर्ष स्थानमा रहेको कोशीको मनोबल उच्च छ ।

यस्तै, आजै हुने दोस्रो खेलमा कर्णाली प्रदेशले संकटा क्लबको सामना गर्नेछ । एन्फा कम्प्लेक्सको मैदानमा कर्णाली र संकटा दिउँसो साढे ३ बजे आमनेसामने हुनेछन् । 


प्रतिक्रिया