एन्फा महिला लिग फुटबलमा वालिङको तेस्रो जित

भाद्र ३१, २०८१ | काठमाडौं

स्याङ्जाको वालिङ नगरपालिकाले एन्फा महिला लिग फुटबलमा तेस्रो जित हात पारेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा वालिङले सुदूरपश्चिम प्रदेशलाई ५–१ गोलले पराजित गर्यो । वालिङका लागि भायलाले ह्याट्रिक गर्दा, ज्याक्लिन नस्साली र सुस्मा तामाङले एक÷एक गोल गरिन् । सुदूरपश्चिमकी रितिका कार्कीले एक गोल फर्काइन् ।

यो नतिजासँगै ९ अंक जोडेको वालिङ अंक तालिकाको पाँचौं स्थानमा छ । अंकविहीन सुदूरपश्चिम पुछारमा छ । लिग अन्तर्गत भोली हुने खेलमा संकटा फुटबल क्लब र नेपाल पुलिस क्लब तथा कोशी प्रदेश र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । 


प्रतिक्रिया