यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटका लागि २९ खेलाडी बन्द प्रशिक्षणमा

भाद्र २६, २०८१ | काठमाडौं

नेपाल क्रिकेट संघले आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटका लागि पहिलो चरणमा २९ खेलाडी छनोट गरेको छ ।

क्यानले राष्ट्रिय महिला सिनियर टिममा खेलिसकेका पूजा महतो र सोनी पाख्रिनसहित २९ खेलाडीको नाम आज सार्वजनिक गरेको हो ।

गत वर्ष चितवनमा भएको मायादेवी कप र कोहलपुरमा भएको मेयर कपमा गरेको प्रदर्शनका आधारमा खेलाडी छनोट गरिएको क्यानले जानाएको छ ।

दाङको लमहीमा हुने पहिलो चरणको प्रशिक्षण भदौ ३० देखि असोज ३० गतेसम्म हुनेछ ।

एसिया छनोट कात्र्तिक २१ देखि २८ गतेसम्म संयुक्त अरब इमिरेट्स युएईमा हुनेछ ।

नेपालले थाइल्याण्डविरुद्ध कात्र्तिक २१ र २५ मा खेल्दा, यूएईसँग कात्र्तिक २४ र २८ तथा कात्र्तिक २२ र २७ मा कुवेतसँग खेल्ने तालिका छ ।

यसैबीच, क्यानले राष्ट्रिय महिला यू–१९ टोलीको मुख्य प्रशिक्षकमा महेश रिजाललाई नियुक्त गरेको छ । 


प्रतिक्रिया