साफ वुमेन्स च्याम्पियनसिपमा बंगलादेशले पाकिस्तानसँग खेल्ने

कार्तिक ४, २०८१ | काठमाडौं

साफ वुमेन्स च्याम्पियनसिप फुटबलमा डिफेन्डिङ च्याम्पियन बंगलादेशले आफ्नो पहिलो खेलमा पाकिस्तानको सामना गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने बंगलादेश र पाकिस्तानबीचको प्रतिस्पर्धा आइतबार साँझ साढे पाँच बजे सुरु हुनेछ । 

बंगलादेशले दुई वर्ष अगाडि दशरथ रंगशालामै दक्षिण एसियाली महिला फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताको उपाधि जितेको थियो । समूह ‘ए’ मा बंगलादेशको यो पहिलो खेल हो । 

पाकिस्तान भने आफ्नो पहिलो खेलमा भारतसँग ५–२ गोलले पराजित भएको थियो । भारत तीन अंकमा समूहको शीर्षमा छ । 

प्रतियोगितामा चुनौती कायम राख्न पाकिस्तानले आफ्नो दोस्रो खेलमा आफू अनुकुल नतिजा निकाल्नु पर्नेछ । पाकिस्तान बंगलादेशसँग पराजित रहे प्रतियोगिताबाट बाहिरिने पहिलो टिम हुनेछ । 


प्रतिक्रिया