हिजबुल्लाहलाई समर्थन गर्ने बैंक लक्षित इजरायली सेनाको आक्रमण

कार्तिक ५, २०८१ | काठमाडौं

इजरायलले लेबनानको राजधानी बेरुत सहित विभिन्न स्थानमा थप हवाई हमला गरेको छ । इजरायली सेनाले हिजबुल्लाहलाई समर्थन गर्ने बैंक तथा वित्तीय संस्थालाई लक्षित गरी आक्रमण गरेको हो । 

इजरायलले बेरुतको दक्षिणी भागमा रहेको दहीह सहरमा आठ वटा हवाई आक्रमण गरेको बीबीसीले उल्लेख गरेको छ । यो क्षेत्र हिजबुल्लाहको नियन्त्रणमा रहेको बताइएको छ । 

बेरुत अन्तर्राष्ट्रिय विमान स्थलसँगै हिजबुल्लाहको नियन्त्रणमा रहेको देहीह जिल्लालक्षित आक्रमण जारी राखेको बीबीसीले जनाएको छ । सो आक्रमण हुनुअघि पनि इजरायलले २४ क्षेत्रमा आक्रमण गर्ने योजना बनाएको चेतावनी दिएको थियो । 

इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले हिजबुल्लाहलाई समर्थन गर्ने बैंक र अन्य वित्तीय पूर्वाधारलाई लक्षित गर्ने गरी आक्रमणको तयारी थालेको समेत बताइएको छ । लेबनानको राज्य सञ्चालित मिडियाले पनि देशको पूर्व क्षेत्रमा इजरायली सेनाले आक्रमण गरेको बताएको छ । 

सो हमलामा कुनै हताहती भए/नभएको जानकारी बाहिर आएको छैन । आइडीएफका प्रवक्ता रियर एडम ड्यानियल हगारीले पनि केही घण्टामा आक्रमण हुने भन्दै तुरुन्तै ती स्थान छोड्न चेतावनी दिनुभएको थियो । 

लेबनानको राज्यद्वारा–सञ्चालित मिडियाले देशको पूर्वी बेका उपत्यकामा रहेको बैंक अल–कर्द अल–हसन संघमा इजरायली सेनाले आक्रमण गरेको जनाएको छ । अर्कोतर्फ हिजबुल्लाहले पनि आइतबार इजरायली सैन्य अड्डलाई लक्षित गरी धेरै रकेट प्रहार गरेको जनाएको छ ।


प्रतिक्रिया