काठमाडौं आउजाउ गर्ने छोटो दुरीको सबै मार्ग संचालन

कार्तिक ४, २०८१ | हेटौंडा

काठमाडौं आउजाउ गर्ने छोटो दुरीको सबै मार्ग संचालनमा आएको छ । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–२, सिमखोलामा बाटोको मर्मत तथा हिम पाइप हाल्नका लागि ३ दिनदेखि एकतर्फीरुपमा संचालनमा रहेको बाटो आइतबार सांझबाट पुर्णरुपमा खुलेको हो । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बाटो मर्मत भएसंगै अब सहजरूपमा सवारी आउजाउ हुनेछ । सो बाटो मर्मत हुँदा वैकल्पिक बाटोका रूपमा हेटौंडा–भैंसे पालुङ हुँदै काठमाडौं र कान्ति लोकपथको हेटौंडा–ठिंगन हुँदै काठमाडौं रुट प्रयोग गरिँदै आएको थियो ।

असोज ११ र १२ गतेको अविरल वर्षातले कुलेखानीको ड्याम भरिएपछि ढोका खोल्ने क्रममा सिमखोलाको पुलमा असर गरेको थियो । दसैंका लागि वकैल्पिक बाटो बनाएर सो रुट सञ्चालन गरिँदै आएको थियो ।


प्रतिक्रिया