नयाँदिल्लीको वायुप्रदुषण अत्यन्तै खराब स्थितीमा

कार्तिक ५, २०८१ | काठमाडौं

भारतको राजधानी नयाँदिल्लीमा वायु प्रदूषण अत्यन्तै खराब देखिएको छ । दिल्लीमा हरेक वर्ष जाडोयाम सुरू भएसँगै वायु प्रदूषणको समस्या दोहोरिने गरेको छ ।

केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार सकुरपुर र वरपरका क्षेत्रमा प्रदूषणको तह अति खराब अर्थात् एक्यूआई ३४६ रेकर्ड भएको छ । त्यस्तै आनन्द विहार क्षेत्रमा प्रदूषणस्तर ३ सय भन्दामाथि पुगेको छ ।

इन्डिया गेट वरपरका क्षेत्रमा एक्यूआईको तह ३०९ रेकर्ड भएको छ भने सफदरजंगमा ३०७ रेकर्ड गरिएको छ । यसैबीच, दिल्लीका मुख्यमन्त्री आतिशी मार्लेनाले प्रदूषण नियन्त्रण गर्ने प्रयासको अनुगमन गर्नुका साथै उच्च वायु प्रदूषण हुनुको कारणबारे छलफल गर्नुभएको छ ।

चिसो मौसम, पुराना गाडीहरूबाट निस्केको धूवाँ र धूलोका कारण वायुको गुणस्तर बिग्रेको जनाइएको छ । 


प्रतिक्रिया