लुक्लामा एकैदिन पुगे ११ सय बढी पर्यटक
कार्तिक ५, २०८१ | काठमाडौं
मौसम खुलेसँगै लुक्ला विमानस्थलबाट एकै दिन ११ सय भन्दा बढी पर्यटक पुगेका छन् ।
प्रतिकुल मौसमका कारण रामेछापको मन्थली र काठमाडौंमा रोकिएका पर्यटक एक सातापछि हवाई मार्ग खुलेसँगै ११ सय ५५ जना पर्यटक आज लुक्ला पुगेका हुन् ।
मन्थली र काठमाडौंबाट तारा, समिट र सीता एयर गरी ३ वटा कम्पनीका ४७ वटा जहाजले आज उडान भरे भने विभिन्न कम्पनीका हेलिकप्टरले १ सय ३० वटा उडानमार्फत पर्यटकलाई लुक्ला पु¥याएको तेन्जिङ हिलारी विमानस्थल कार्यालयका प्रमुख उमेश पन्थीले जानकारी दिनुभयो ।
लामो समयपछि लुक्लामा हवाई उडानको चाप बढेकाले अब विमानस्थल नियमित लयमा फर्किएको उहाँको भनाई छ ।