च्याम्पियन्स लिगमा लिभरपुलसँग लेभरकुसेन स्तब्ध

कार्तिक २१, २०८१ | काठमाडौं

लुइस डियाजको ह्याट्रिकमा लिभरपुलले च्याम्पियन्स लिग फुटबलमा बायर लेभरकुसेनविरुद्ध सानदार जित निकालेको छ । घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले पाहुना टोली लेभरकुसेनलाई ४–० गोल अन्तरले पराजित गरेको हो । 

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । डियाजले खेलको ६१ औं मिनेटमा गरेको गोलबाट घरेलु टोलीले अग्रता लिएको थियो । 

कोडी गाक्पोले ६३ औं मिनेटमा अर्को गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे । त्यसपछि डियाजले खेलको ८३ औं र अतिरिक्त समयको दोस्रो मिनेटमा व्यक्तिगत दुई गोल थप्दै लिभरपुललाई फराकिलो जित दिलाए । 

यो जितसँगै लिभरपुल चार खेलबाट १२ अंकसहित च्याम्पियन्स लिगको शीर्ष स्थानमा रहेको छ । लेभरकुसेन भने ७ अंकका साथ तालिकाको ११ औं स्थानमा रह्यो ।

च्याम्पियन्स लिगको अन्य खेलमा स्पोर्टिङ सीपीले म्यानचेस्टर सिटीलाई ४–१ गोलले पराजित गर्‍यो । सिटीको यो लगातार तेस्रो हार हो । यो नतिजासँगै सीपी १० अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको छ । सिटी भने ७ अंकका साथ छैठौं स्थानमा रह्यो । 

यस्तै, रियल म्याड्रिड भने एसी मिलानको हातबाट ३–१ गोलले पराजित रह्यो । रियलको यो लगातार दोस्रो हार हो । लिल र युभेन्ट्सले भने १–१ गोलको बराबरी खेलेका छन् । 


प्रतिक्रिया