नेसन्स लिग फुटबलमा स्पेनको नाटकीय जित
मंसिर ४, २०८१ | काठमाडौं
स्पेनले यूईएफए नेसन्स लिग फुटबलमा स्विट्जरल्यान्डमाथि नाटकीय जित निकालेको छ । घरेलु मैदानमा गएराति भएको लिग–ए ग्रुप–फोरको खेलमा युरोपेली च्याम्पियन स्पेनले पाहुना टोली स्विट्जरल्यान्डलाई ३–२ गोलले पराजित गरेको हो ।
दोस्रो हाफको अतिरिक्त समयको तेस्रो मिनेटमा स्पेनका लागि ब्रायन जारागोजाले पेनाल्टीबाट निर्णायक गोल गरे । स्पेन समूह विजेताका रुपमा यसअघि नै क्वाटरफाइनलमा पुगिसकेको छ ।
यस्तै, नेसन्स लिगको अर्को खेलमा डेनमार्कले सर्बियासँग बराबरी खेल्दै अन्तिम आठमा स्थान बनाएको छ । गएराति सम्पन्न खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।
दोस्रो स्थान सुरक्षित गर्न कम्तिमा एक अंक आवश्यक रहेको डेनमार्कले राम्रो सुरुवात ग¥यो । यो बराबरीसँगै डेनमार्क लिग–ए ग्रुप–फोरमा ६ खेलबाट ८ अंकसहित दोस्रो स्थानमा रह्यो । समान खेलमा सर्बियाले ६ अंक जोडेको छ ।