यूू–१९ एसिया कप त्रिकेटमा नेपालको सान्त्वना जित
मंसिर १८, २०८१ | काठमाडौं
एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले सान्त्वना जित हात पारेको छ ।
संयुक्त अरब इमिरेट्स यूएईको सारजहास्थित क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले अफगानीस्तानलाई १ विकेटले हरायो । १ सय २४ रनको लक्ष्य नेपालले ४१ ओभर ३ बलमा ९ विकेट गुमाउँदै पूरा गर्यो ।
नेपालको जितमा नरेन साउदले सर्वाधिक २६ रन जोडे । कप्तान हेमन्त धामी २२ रनमा अविजित रहे ।
अफगानीस्तानका ए.एम गन्जफर र खातिर स्टानिकजाईले समान ३÷३ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानीस्तानले ३५ ओभर ४ बलमा अल आउट हुँदै १ सय २३ रन बनाएको थियो ।
उसका लागि फैसल सिनोजादाले ५२ रनको अर्धशतकिय इनिङ्स खेलेपनि त्यो जितका लागि पर्याप्त भएन ।
नेपालका युनिस ठकुरी र सन्तोष यादवले समान ३÷३ विकेट लिदाँ, हेमन्त धामी र अभिषेक तिवारीले २÷२ विकेट लिए ।
नेपाल र अफगानीस्ता यसअघि नै उपाधि होडबाट बाहिरिसकेका थिए ।
दुवै टोली श्रीलंका र बंगलादेशसँग पराजित भएका हुन् ।
एसिसीको आयोजनामा जारी प्रतियोगितामा एसियाका ८ देश सहभागी छन् ।