काठमान्डु गुर्खाजले पोखरा एभेन्जर्सको सामना गर्दै

मंसिर २९, २०८१ | काठमाडौं

नेपाल प्रिमियर लिग क्रिकेटमा आज काठमान्डु गुर्खाज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा भईरहेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाण्डुले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ ।

काठमाण्डु र पोखरालाई दुवै टोलीका लागि आजको खेल महत्वपूर्ण छ । प्लेअफको सम्भावना कायमै राख्न दुबै टोलीलाई राख्न जित्नैपर्ने दबाब छ । हार्ने टिमको प्लेअफको सम्भावना कठिन बन्नेछ । 

काठमान्डुले यसअघिको खेलमा जनकपुर बोल्टससँग पाँच विकेटको हार बेहोरेको थियो । काठमान्डु पाँच खेलबाट ४ अंक जोड्दै तालिकाको छैटौं स्थानमा छ । पोखरा पनि समान ४ अंकका साथ सातौं स्थानमा छ ।

यसैबीच, आजै हुने दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्टसबीच प्रतिस्पर्धा हुनेछ । त्रिवि मैदानमा हुने चितवन र जनकपुरबीचको खेल दिउँसो एक बजे सुुरु हुनेछ । जनकपुर एनपीएलमा प्लेअफमा स्थान सुरक्षित गरेको एक मात्र टोली हो । 

चितवनका लागि भने प्लेअफमा पुग्न यो खेल जित्नुको विकल्प छैन । तालिकाको चौंथो स्थानमा रहेको चितवनको ६ खेलबाट ६ अंक छ । आज जनकपुरलाई पराजित गरे कुशल मल्लको टिमको प्लेअफ सम्भावना बलियो हुनेछ । 

दबाबमा रहेको चितवनको प्रदर्शन विदेशी खेलाडीमा बढी निर्भर देखिएको छ । घरेलु खेलाडीले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न सकेका छैनन् । दुवै टिम लिगको आफ्नो अन्तिम खेल खेल्दै छन् । जनकपुर बोल्ट्स १० अंकसहित शीर्षस्थानमा छ । सुदूरपश्चिम रोयल्स दोस्रो स्थानमा छ । 


प्रतिक्रिया