भिनिसियस जुनियरलाई फिफा बेस्ट अवार्ड

पुस ३, २०८१ | काठमाडौं

रियल मड्रिडका फरवार्ड भिनिसियस जुनियर फिफा बेस्ट अवार्ड अन्तर्गत पुरुषतर्फ उत्कृष्ट वर्ष खेलाडी घोषित भएका छन् । कतारको दोहामा आयोजित कार्यक्रमबीच जुनियरलाई फिफाको उत्कृष्ट वर्ष खेलाडी अवार्ड प्रदान गरिएको हो । 

भिनिसियसले पहिलो पटक फिफा बेस्ट अवार्ड जितेका हुन् । सन् २०२३–२०२४ को सिजनमा रियलले च्याम्पियन्स लिग र ला लिगा उपाधि जित्दा भिनिसियसले महत्त्वपूर्ण भूमिका निभाएका थिए । 

विवादास्पद रुपमा बेलन डे’अर अवार्ड जित्न असफल रहेको दुई महिनापछि २४ वर्षीय भिनिसियसले यसपल्ट यो सफलता चुमेका हुन् । त्यति बेला म्यानचेस्टर सिटीका रोड्रिले बेलन डे’अर जितेका थिए । रियल र भिनिसियसले त्यो कार्यक्रम नै बहिस्कार गरेको थियो ।

महिलातर्फ बार्सिलोनाकी मिडफिल्डर आइटाना बोनमटी उत्कृष्ट वर्ष खेलाडी घोषित भईन् । २६ वर्षीया बोनमटीले लगातार दोस्रो वर्ष यो अवार्ड प्राप्त गरिन् । उनको उत्कृष्ट प्रदर्शनको मद्दतमा स्पेनले २०२३ मा महिला विश्वकप उपाधि जितेको थियो । 

प्रतियोगितामा उनले गोल्डेन बल अवार्ड जितेकी थिइन् । उनी २०२३ र २०२४ को बलोन डी ओर विजेता पनि हुन् । अघिल्लो सिजन उनले क्लबका लागि लिगा एफ, च्याम्पियन्स लिग, सुपरकोपा र कोपा डे ला रेइना जितेकी थिइन् ।


प्रतिक्रिया