एन्फा महिला लिग फुटबलमा बागमती युथ क्लबको पहिलो जित

पुस २६, २०८१ | काठमाडौं

बागमती युथ क्लबले एन्फा महिला लिग फुटबलअन्तर्गत फाइनल राउण्डमा पहिलो जित निकालेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा बागमतीले स्याङ्जाको वालिङ नगरपालिकालाई २–० गोलले हरायो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा बागमतीले दुई गोल ग¥यो । बागमतीको जितमा अस्मिता खवास र विष्णुमाया बलले एक÷एक गोल गरे । अघिल्ला खेलमा दुवै टोलीले तीन विभागीय टिमसँग हार व्यहोरेका थिए । जितसँगै बागमतीले तीन अङ्क जोडेको छ । वालिङ भने जितविहीन छ ।

जारी लिगमा लगातार ३ जित सहित नेपाल एपीएफ क्लब शीर्षस्थानमा रहँदा दोस्रो स्थानको त्रिभुवन आर्मी क्लब र तेस्रो नेपाल पुलिस क्लबको समान ७ अङ्क छ । लिग अन्तर्गत भोली हुने खेलमा एपीएफ र आर्मीबीच प्रतिस्पर्धा हुनेछ । 


प्रतिक्रिया