आहा रारा गोल्डकपमा आज संकटा र भारतीय टोली भिड्ने

माघ २५, २०८१ | काठमाडौं
आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आज संकटा क्लब र भारतको थन्डरबोल्ट नर्थ युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ ।
पोखरा रंगशालामा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ । दुवै टोली विजयी सुरुवात गर्ने लक्ष्य सहित मैदान उत्रदै छन् ।
यसअघि हिजो भएको खेलमा न्युरोड टिम एनआरटीलाई पराजित गर्दै चर्च ब्वाइज युनाइटेड क्वाटरफाइनल प्रवेश गरेको छ ।
निर्धारित र अतिरिक्त समय एक÷एकको बराबरीमा टुंगिएपछि खेल पेनाल्टी शुटआउट हुँदै सडनडेथसम्म पुगेको हो ।
चर्च ब्वाइजले अब माघ २८ मा हुने क्वाटरफाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताको विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।