त्रिकोणात्मक टी–२० आई सिरिजमा आज नेपाल र थाइल्यान्ड भिड्दै

माघ २५, २०८१ | काठमाडौं
महिला त्रिकोणात्मक टी–२० अतर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा आज नेपाल र थाइल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो सवा १२ बजे सुरु हुनेछ ।
नेपालले सिरिजमा अहिलेसम्म खेलका पाँचै खेलमा हार ब्यहोरेको छ । नेपाल पहिलो, तेस्रो र पाँचौ खेलमा नेदरल्याण्ड्ससँग र दोस्रो र चौथो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो ।
थाइल्याण्ड भने सिरिजमा खेलेका ५ मध्ये ४ मा जित र १ मा हरका साथ अंक तालिकाको शीर्ष स्थानमा छ । सिरिजमा नेपाल र थाइल्याण्ड तेस्रो पटक आमने सामने हुदैछन् ।
अघिल्लो दुवै भेटमा थाइल्याण्डले नेपाललाई हराएको थियो । नेपाल र थाइल्याण्डबीचको यस खेलले नै उपाधी टुंगो लगाउने हुँदा यो खेल महत्वपुर्ण रहेको छ ।
नेपालले थाइल्याण्डमाथि फराकिलो जित निकालेमा नेदरल्याण्ड्सले सिरिज जित्नेछ । यदी नेपाललाई पराजित गरेमा थाइल्याण्ड विजेता बन्ने छ । शीर्ष स्थानमा पुग्न थाइल्याण्ड र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा रहेको छ ।