नेपाल क्रिकेटसंघद्वारा नयाँ मुख्य प्रशिक्षका लागि आबेदन माग

फाल्गुन ३, २०८१ | काठमाडौं
नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नियुक्तीको प्रक्रिया अघि बढाएको छ । यस अघि टोलीको जिम्मेवारी सम्हालेका प्रशिक्षक मोन्टी देशाईसँग सम्झौता नविकरण नगरेको क्यानले नयाँ प्रशिक्षकका लागि आबेदन माग गरेको हो ।
२०७९ मा नेपाली टोलीको जिम्मेवारी सम्हालेका देशाईको सम्झौता यहि फेब्रुअरीबाट सकिएसँगै रिक्त रहेको पदमा क्यानले आवेदन खुलाएको छ । क्यानका अनुसार सीए लेभल थ्री भन्दा माथि वा सो सरह एवं कम्तिमा पाँच वर्षसम्म व्यवसायिक क्रिकेटको अनुभव भएकाले आबेदन दिन सक्ने छन् ।
मुख्य प्रशिक्षकका लागि एसोसीयट सदस्य राष्ट्रहरुको एक दिवसीय क्रिकेट बारे जानकार भएको हुनुपर्ने जस्ता मापदण्ड तोकिएको छ ।
